संसदमा भट्टराईले बोलेको 'हिंसा' शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुख घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।   बैठकमा बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको 'हिंसा'का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए । सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले नियमापत्ति जनाएका थिए ।भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका थिए ।  

त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए । त्यसपछि एमाले पनि सभामुखप्रति आक्रोशित बनेको थियो । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएका थिए । माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो ।

भट्टराईले भने माओवादीका प्रमुख सचेतकले नियमापत्तिका लागि समय माग्दा पनि माओवादीले विगतमा हिंसा गरेको भन्दै पटक-पटक दोहोर्‍याएका थिए ।

प्रतिक्रिया