योगेशले बोलेको हिंसा शब्दमा माओवादीको आपत्ति, धम्की संग नडराउने एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको छ ।  बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको छ ।  

माओवादी सांसदहरुले तत्कालै रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन’ दिए । त्यसपछि एमाले पनि सभामुखप्रति आक्रोशित बनेको थियो ।
भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए ।
 सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए । 
जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो ।  तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’  

त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्त्याएको भन्दै शब्द रेकर्डबाट हटाउन  माग गरे ।

“राजनीतिक प्रतिवद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिवद्धता हो । को हो छानबिन गर्ने रु मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो,” आफ्ना धारणा टुंग्याउँदै भट्टराईले भने ।
 

प्रतिक्रिया