विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइनः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छिन् । 

मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सो आपत्ति जनाएकी हुन्  । उनले समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उनले मस्यौदा बनाउने जिम्मा कानून आयोगको भएपनि साउन ३२ गते संसदमा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा पायोनेल ल अशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाइन् । 

समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेय मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको बताइन् ।

उनले परिमार्जनका लागि छलफल नै उपयुक्त माध्यम हुने पनि बताइन् । 
 

प्रतिक्रिया