राजनीतिक स्थायित्वका लागि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँः सांसद केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए। उनले संविधान संशोधनको कुरा उठिरहेको भन्दै सो विषयमा संशोधन गर्नुपर्नेमा जोड दिए । 

उनले निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्ने दाबी गरेको बताए । उनले निर्वाचित प्रधानमन्त्री नहुँदा राष्ट्रिय जीवन तहस–नहस हुन लागेको बताए ।  उनले संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्नु नहुने बताए ।  उनले अहिलेसम्म सरकारको साझा न्युनतम कार्यक्रम प्रस्तुत नगरेको भन्दै तत्काल सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्न आग्रह गरे ।   

प्रतिक्रिया