धितोपत्र संशोधन विधेयकको फाइलमा अमुक ल फर्मुको नाम रहेको भन्दै सुमनाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले धितोपत्रसम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा गम्भीर प्रश्न उठाएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले धितोपत्रसम्बन्धी संशोधन विधेयकको फाइलमा अमुक 'ल फर्म'को नाम रहेको बताएकी छन् । उनले विधेयक नै खारेजीको माग गरेकी छन् ।

“पार्लियामेन्टको वेबसाइटमा भएको विधेयक डाउनलोड गरेर राइट क्लिक गरेर त्यसको अर्थर हर्नुस् । त्यसमा एउटा अमुक ल फर्मको नाम छ,” श्रेष्ठले भनिन्, “अर्थ मन्त्रालयको सबै माइक्रोसफ्ट त्यो ल फर्मले किनिदिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ?” 

उनले त्यो ल फर्मले ड्राफ्ट गरेको भए सरकारले आउट सोर्सिङ गरेको कागजात पेस गर्नुपर्ने माग गरिन् ।“यदि यो धितोपत्र ऐन संशोधनसम्बन्धी विधेयक अमुक ल फर्मले बनाएको हो भने यो खारेज गरेर अर्को दर्ता गर्नुपर्‍यो,” श्रेष्ठले भनिन् ।

प्रतिक्रिया