भारतीय नक्सामा नेपाली भुभाग समेटिएकोमा कुटनीतिक नोट पठाउन एमालेको माग
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भुमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउन माग गरेका छन । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको बताएका हुन । सांसद पन्तले कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत माग गरे ।
सांसद पन्तले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको पनि बताए । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदुत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे ।
इपिजी प्रतिवेदनको सम्बन्धमा राजदुतले दिएको वक्तब्यको समेत पन्तले विरोध जनाए । राजदुत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख उनको भनाइ थियो । सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने सांसद पन्तको भनाइ छ ।
प्रतिक्रिया