बैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, वैरागी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार

baikunthaaryal

नेपाल सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । आगामी असोज १५ सम्म कार्यकाल रहेका वर्तमान मुख्य सचिव शंकरदास वैरागीले राजीनामा दिएपछि अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने बाटो खुलेको हो । मुख्य सचिवबाट राजीनामा दिएका वैरागीलाई आजकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय बैठकले गरेको छ । आउँदो असार ३ मा पाँच वर्षे कार्यकाल सकिएर अवकाशमा जान लागेका अर्याललाई सरकारले कार्यकाल सकिनु चार दिनअघि मुख्य सचिव नियुक्त गरेको हो । हालका सचिवहरूमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् । अर्यालपछिको वरिष्ठतामा यादव कोइराला, रामप्रसाद थपलिया, दिनेश घिमिरे र सूर्य गौतम रहेका छन् ।

प्रतिक्रिया