एभिन्यूज खबरले भदौ १३ देखि १५ गतेसम्म तीज विशेष कार्यक्रम आयोजना गर्दै
काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा यही भदौ १३ गते देखि १५गतेसम्म तीज महोत्सवको आयोजना गर्ने भएको छ ।
काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा हुने महोत्सवमा तीजको परम्परागत बिशेषता झल्कने लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने एभिन्यूज खबर टेलिभिजनले जनाएको छ । महोत्सवमा बिभिन्न प्रकारका महिला उपयोगी सामग्रीहरुको प्रदर्शनी समेत गरिनेछ ।
कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा बिभिन्न चर्चित कलाकारहरुबाट गीत संगीत पनि प्रस्तुत गरिनेछ ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया