टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका पुग्यो

काठमाडौं । संङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलकोमा पठाइएको छ । 

संघीय संसद सचिवालयले बुधबार विधेयक राष्ट्रपति कार्यालय शीतल निवास पठाएको हो । सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रमाणीकरणपछि विधयेक कार्यान्वयनमा आउनेछ । सरकारले यो विधेयक २५ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार कानून समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए । 

त्यसपश्चात् समितिबाट सदनमा पुग्दै दुवै सदनले विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया