नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही माग गर्दै संसद् भवन अगाडि प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। समाजले नयाँ बानेश्वरस्थित संसद भवनकाे तीन नम्बर गेटअगाडि प्रदर्शन गरेकाे हाे।
विरोध प्रदर्शन सुरु हुनुअगाडि नै प्रहरीले कृष्ण पहाडीसहित अन्यलाई नियन्त्रणमा लिएको छ।
शान्ति समाजले ‘सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस्’, ‘सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर’ भन्दै विरोध प्रदर्शन गरेकाे हाे।
प्रदर्शनकारीहरूले ‘चुरे ध्वस्त पार्न पाइँदैन, मधेसमारा नीति चाहिँदैन’, ‘सार्वभाैम संसद पञ्चायतजस्ताे नबनाेस्’लगायतका पम्प्लेट बाेकेका थिए।
शान्ति समाजले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै आइरहेकाे छ।
प्रतिक्रिया