नाइजेरियामा बाढीबाट १ सय ७० जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । 

नाइजेरियन सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ । बाढीमा परि झण्डै २ हजार घाइते भएको र एकलाख हेक्टरभन्दा बढी खेतबारी नष्ट भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको छ । नाइजेरियाको अन्य भागहरू पनि जोखिममा रहेका कारण लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सर्न नाइजेरियन सरकारले आदेश दिएको छ । 

मुसलधारे वर्षाका कारण दुई ठुला नदीहरु नाइजर र बेनुको पानीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । नाइजेरियामा मनसुनी वर्षाको समय अक्सर मुसलधारे वर्षा हुने गरेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया