धनगढीमा माओवादी परामर्श समिति बैठक बस्दै

काठमाडौं । नेपका (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक बुधबारदेखि धनगढीमा सुरु हुँदै छ ।

बुधबार र बिहीबार सञ्चालन हुने परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेताहरू सुदूरपश्चिमको राजधानी धनगढी पुग्दैछन् । बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेन प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार आजदेखि सुदूरपश्चिमको बैठक बस्ने छ । बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ  । यसअघि गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको थियो ।

दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने बताइएको छ । बैठकमा 
 सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि छलफल हुने र पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्र्ने पनि बताइएको छ । 

प्रतिक्रिया