यी हुन् एकीकृत समाजवादीले चुनावबाट छानेका पदाधिकारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेको थियो । जसको बुधबार बिहान अन्तिम नतिजा आएको हो । 

अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन् । यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । यसैगरी सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी जनजाति), खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

गत असारमा काठमाडौंमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको थियो ।

यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।


 

प्रतिक्रिया