प्रतिनिधि सभा बैठक आजपनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बुधबारको बैठकका लागि मुख्यरूपमा दुई विषयलाई कार्यसूचीमा राखिएको छ । 

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने प्रस्तुत गर्नेछन् ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयबारे स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ । 

प्रतिक्रिया