पदाधिकारी निर्वाचनमा नेकपा एसको मत गणना जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी को पदाधिकारी निर्वाचनको मत गणना जारी छ । मतगणना अन्त्यतर्फ पुग्दा महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री धेरै मतले पछि परेकी छन् । २५० मत गणना गर्दा झाँक्रीले ८२ मत ल्याउँदा जयन्ती जयन्तीले १५७ मत प्राप्त गरेकी छन् । 

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मंगलबार साँझ निर्वाचन भएको थियो । एकीकृत समाजवादीमा समूहगत प्रतिस्पर्धा भएको छ । १७ सदस्यीय पदाधिकारीका लागि ६७ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । असार १६ देखि २० गतेसम्म भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत गरेको थियो । 

वरिष्ठ उपाध्यक्षसहित १८ सदस्यीय पदाधिकारी चयन भएको थिएन । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेत प्रतिस्पर्धामा थिए । बस्नेतले उम्मेदवारी फिर्ता लिएर पाण्डेलाई सर्वसम्मत गराइएको हो । बस्नेतलाई वरिष्ठ नेता बनाउने नेताहरूले आश्वासन दिएका छन् । 

एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।
 

प्रतिक्रिया