धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानून रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका थिए । उनले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्नेकुरा कल्पना गर्न नसकिने उल्लेख गरे। उनले कानून राज्यमा कानून र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको पनि संकेत गरे ।  अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको बताए ।  धितोपत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिने प्रतिवद्धता जनाए । उनले  योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बीचबाट छनोट गरिने बताए।
 
उनले सांसदहरुले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरु योग्य भएपनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पारे । उनले मुलुक दलिय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न नसकिने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गरे । उनले दलिय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्ने नपाउने अपेक्षा स्वभाविक भएको बताए । 

 

प्रतिक्रिया