पधाधिकारी चुन्न नेकपा एसको निर्वाचन शुरु

काठमाडौं । अधिवेशनले पधाधिकारी चुन्न नसकेपछि नेकपा एकीकृत समाजवादी चुनावमा होमिएको छ ।

आन्तरिक खिचातानी र नेताहरुले आफ्ना निकटका नेता कार्यकर्तालाई च्याप्न खोजेपछि एकीकृत समाजवादी अनिर्णित बनेको थियो । १८ पदाधिकारी र पोलिटब्यूरो सदस्य छान्न अहिले मतदान भइरहेको   छ । केन्द्रिय कमिटी बैठकमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो ।

पार्टी निर्माणको छोटो समयमा नेता कार्यकर्तामा पदलोलुपता देखिएको टिप्पणी हुँदै आएको छ । तर एकीकृत समाजवादीका नेताहरु लोकतान्त्रिक विधि सबैले मान्नुपर्ने तर्क गर्छन् । पार्टीमा नेतृत्व गर्ने चुनिएर आउनु राम्रो भएको उनीहरुको भनाइ छ । एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध निर्वाचित गराएको छ । अब सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो सदस्यको चयन निर्वाचनबाट हुँदैछ ।

प्रतिक्रिया