प्रचण्डले राजनीतिबाट सन्यास लिए सरह छ : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गरेको  टिप्पणी गरेका छन् । 

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि दाहालले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गरे । 

उनले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताएका थिए  । उनले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गरेको बताएका थिए । उनले प्रमुख प्रतिपक्षको दलको नेताको भुमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताए । 

प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गरेको बताए । 

प्रतिक्रिया