माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुुष्टि भएको बताएका छन् । 

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताएका थिए । 

 उनले सरकार शुरुमा माफीयाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेतृत्वको सरकारले देश हित विपरित कसैसँग पनि सम्झौता नगरेको दाबी गरे । 

उनले अध्यक्ष दाहालले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।  

प्रतिक्रिया