सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैनः सभापति लामछिाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका हुन् । 

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए । उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए  ।

हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत देखिएको बताए ।  

सभापति  लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराए । 

प्रतिक्रिया