नेपालमा वन डढेलो नियन्त्रणका लागि बजेट र जनशक्तिको अभाव छः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हाल वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्ने सम्भावना नरहेको बताएका छन् । 

मन्त्री शाहीले हेलिकप्टर प्रयोग गर्ने लगायतका जनशक्ति र बजेट दुवै नभएकाले वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्ने कार्यक्रम सरकारले तय गर्न नसकेको स्पष्टिकरण दिएका हुन् । 

 मंगलबार प्रतिनिधि सभा बैठकमा वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्नेबारे सांसद प्रेम सुवालले मन्त्री शाहीसँग जिज्ञासा राखेकमा थिए । तर बजेट र जनशक्ति दुवैको अभावमा सो काम हुन नसकेको बताए । मन्त्री शाहीले वन डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग प्रभावकारी हुने अनुभुति भने आफूले पनि गरेको बताए । 

मन्त्री शाहीले वन डढेलो नियन्त्रणका लागि सरकारले स्थानीय वन समूहरुको परिचालन गरी सचेतनामुलक कार्यक्रम पनि देशभर सञ्चालन गरेको बताए । उनले सरकारले चालु आर्थिक वर्ष एक करोड वृक्षारोपण गर्ने कार्यक्रम अघि बढाएको पनि बताए । 


 

प्रतिक्रिया