वर्तमान सत्ता गठबन्धन लुटेराहरूको सरकार हो: प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सत्ता गठबन्धन लुटेराहरूको सरकार भएको आरोप लगाएका छन् ।  मंगलबारदेखि काठमाडौंमा  सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष साहले अहिलेको सरकार लुटेराहरूको सरकारु भएको आरोप लगाएका हुन् । उनले वर्तमान सरकारले जनताका लागि केही गर्न नसक्ने बताए ।

प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले लाज पनि लजाएको , विश्वासमाथि पनि विश्वास नभएको भन्दै उनले बर्तमान सरकारप्रति कटाक्ष गरे ।  जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरूबाट ?  यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ,' उनले भने ।
 वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताए ।

 

प्रतिक्रिया