लेखा समितिको सभापति पाउनुपर्ने माओवादी केन्द्रको माग जायज छः चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र)  को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताएका हुन्। 
 
अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरुलाई आग्रह पनि गरे। उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरुमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गरे। 

अध्यक्ष केसी संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरुले नै गरेको बताए । 


 

प्रतिक्रिया