प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदीय समितिको निर्देशनः भाषण होइन काम गर्नुस्

काठमाडाैं । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई  काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो । 

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् ।

उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन्  । उनले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको बताइन् । 

प्रतिक्रिया