३० वर्षे सेवा अवधिबारे सशस्त्रको रिटमा सर्वोच्चद्धारा कारण देखाउ आदेश

काठमाडौ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा  अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको एकल इजलासमा मंगलबार विपक्षीहरुसँग लिखित जवाफ मात्र माग गर्ने आदेश दिएको छ । उनकाअनुसार लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेश दिइएको छ। 

 यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो। 

 ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् । 
यसरी ३० वर्षे सेवा अवधिमा नेपाल प्रहरीले दायर गरेको रिटमा अन्‍तरिम आदेश जारी भएपछि सशस्त्र प्रहरी बलका डिआइजी अभिकुमार खत्रीसहित १२ जनाले पनि आइतबार रिट दायर गरेका थिए।

तर यस रिटमा भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। यससँगै सशस्त्र प्रहरी बलका  अधिकृतहरू डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरु भदौ १६ गते अवकाशमा जाने भएका छन्।

प्रतिक्रिया