विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्नुपर्छः जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् । 

मंगलबारर उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोड्न सकिने बताए।

उनले उर्जा मन्त्रालयले दोस्रो प्राथमिकतामा व्यापारलाई राख्नुपर्ने बताए। उनले बुढिगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु सरह रहेको बताए । 
 
उपमहासचिव शर्माले नेपालबाट निर्यात गर्ने बिजुली नेपाली भएर जान पाउने व्यवस्था गर्नुपर्ने बताए । 

प्रतिक्रिया