नेप्सेमा गिरावट, एकैदिन १११ अंक घट्यो
काठमाडौ । आज शेयर बजार परिसूचक एक सय भन्दा ठूलो अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलब ९६ अंकले घटेर २ हजार ७ सय ८२ दशमलब ६० बिन्दूमा ओर्लिएको हो । आज नेप्से ३ दशमलब ८६ प्रतिशतले घटेको हो । दैनिक करिब ३० अर्बसम्म पुगेको कारोबार रकम घट्दो क्रममा देखिएको छ । दिनभरमा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घटेको बजारमा तारगाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज जम्मा २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २ सय २३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
प्रतिक्रिया