परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमनत्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ ।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमवार नेपाल आएका  ओमानका विदेशमन्त्रीसँग दुई पक्षिय भेटवार्ता भएको हो । काठमाडौंको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा  विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन्  । 

श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिइन् । ओमान पक्षले पनि नेपाली श्रमिकहरु आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबीच यसै वर्ष (२०२४)  श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिइन् । 

परराष्ट्र मन्त्री डा.राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताइन् ।  वार्तामा आफूले नेपालको  प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालमा लागनी गर्न उपयुक्त हुने बताएको जानकारी दिइन् । 

वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदुत डोरनाथ अर्याल लगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए । 

प्रतिक्रिया