सरकारलाई काँग्रेस सांसद साउदको सुझावः संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौं

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको पहल गर्न सरकारलाई सुझाव दिएका छन् । 

सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच संविधान संशोधनको सवालमा समान धारणा आईरहेकाले सरकारले यसमा राष्ट्रिय सहमति जुटाउनका लागि तत्काल पहल गर्नुपर्ने बताए । 

मंगलबार प्रतिनिधि सभा बैठकमा काँग्रेस र एमालेबीच संविधान संशोधन गर्नेलगायतका सात बुँदे सहमति भएको स्मरण गराउँदै त्यसमा सरकारले पार्टीहरुबीचमा र प्रतिपक्षसँग पनि राष्ट्रिय सहमतिका लागि बहस चलाउनुपर्ने बताए । 

मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने, त्यसका लागि शासकीय स्वरुपमा कुनकुन एजेण्डामा हामीले परिवर्तन गर्नुपर्ने हो, त्यसका लागि एकै पार्टी भित्र मात्रै होइन, पार्टी भित्र पनि, पार्टीहरु बीचमा पनि र सरकार र प्रतिपक्षको बीचमा पनि राष्ट्रिय सहमतीका लागि कोसिश गर्नुपर्ने, पहल गर्नुपर्ने आवश्यक्ता देखिएकाले त्यसमा सरकारले पहल गर्नुपर्ने सांसद साउदको भनाई थियो । उनले समावेशीकरणको मुद्दालाई तलमाथि गर्ने पक्षमा सरकार र सत्तारुढ दलहरु नरहेको पनि बताए । 

सांसद साउदले संघीयता कार्यान्वयनका लागि सरकारले प्रदेशको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने बताए । 


 

प्रतिक्रिया