गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार नदोहोर्‍याउन ओलीलाई दाहालको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले  गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार नदोहोर्‍याउन र त्रिभुवन विश्वविद्यालयको मेरिटोक्रेसी नमिच्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्चिनुपर्ने बताए ।  उनले अहंकार, इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वमाथि निशाना साँधेको जिकिर गर्दै त्यसबाट सरकारले रोकिनुपर्ने बताए । 

सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेको आरोप लगाउँदै अध्यक्ष दाहालले विद्युत प्राधिकरणमा गर्न खोजिएको कामलाई तत्काल रोक्नुपर्ने बताए । उनले भूटानी शरणार्थी काण्डमा छानविन गरिरहेको इमान्दार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्ति समेत जनाए । 

प्रतिक्रिया