एमाले काँग्रेसलाई प्रचण्डको चुनौती: अब सत्ताको खेलमा लागिन्न, आफु झगडा गरेर फकाउन-फुर्क्याउन नआउनू

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको खेलमा आफू नलाग्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका हुन् । उनले भने “म तपाईंहरुलाई सम्झाउन चाहन्छु । प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन । सत्ताको हिस्सा खोज्न आउने छैन ।”
प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् । उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’

आफूहरुको यही कमजोरीमा खेलेर कांग्रेस र एमाले सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ । 
उनले माओवादी आन्दोलन भएको बताउँदै आफूहरुबाटै पनि केही कमजोरी भएको बताए ।

“सत्तामा होइन तपाईंहरुको चलखेलमा केन्द्रित छ । भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउछौँ । पहिला पनि बनाएकै हौँ,” उनले भने, “बीचैमा झगडा गरेर फकाउन र फुर्क्याउन नआउनूहोला ।”
अब माओवादीको ध्यान सत्तामा नभएर षड्यन्त्रको प्रतिरोधमा रहेको उनले बताए ।
 

प्रतिक्रिया