सरकार अहंकारपूर्ण गलत बाटोतिर अग्रसर छ : अध्यक्ष दाहाल

काठमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार अहंकारपूर्ण गलत बाटोतिर अग्रसर रहेको बताएका छन् ।  

 मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् । 

करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पुर्‍याएको अध्यक्ष दाहालको भनाई थियो ।  सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको समेत अध्यक्ष दाहालले जिकीर गरे । 

अध्यक्ष दाहालले साना दलहरुलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाए । 

प्रतिक्रिया