संसदमा ओली प्रधानमन्त्री हुँदा  शिलान्यास भएको ६५७ अस्पतालहरूको जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिलान्यास भएका अस्पतालहरूको अवस्थाबारे जानकारी माग गरेका छन्  । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले ओली प्रधानमन्त्री हुँदा  शिलान्यास भएका देशका सबै स्थानीय तहमा स्रोत साधनसहितको अस्पताल बनाउन माग गरेका छन्।

उनले भने, २०७७ साल मंसिर १५ गते देशका ७५३ मध्ये ६५७ अस्पतालहरूको शिलान्यास भयो। आज धेरै अस्पतालहरू बनेका छैनन्। काहीँ शिलान्यास भएको ठाउँमा मूर्ति एउटा बनेको छ अस्पताल बनेका छैनन्। बनेका ठाउँमा भवन बनेको छ। अरू स्रोत साधन छैनन्। जनतामा पलाएको आशाको दियो निमेर गएको छ।’

प्रतिक्रिया