प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न: माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

 मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले प्राधिकरणको रक्षा प्रधानमन्त्रीको  जिम्मेवारी  भएको भन्दै  प्राधिकरण नेतृत्वलाई नभई प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्न पर्ने बताएका हुन् । 'माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ?  उनले यही हो दुई तिहाइको नियत र नियती ?' भन्दै प्रश्न गरेका छन् ।

 
कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको बताए ।“कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,” उनले भने, “२२ अर्बको कुरा नोट गरियोस् । प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव ।”
 

प्रतिक्रिया