सत्तारुढ गठबन्धनको धरातल नै कमजोर भएको माधव सापकोटाको दाबी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काँग्रेस–एमालेको सत्तारुढ गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाएका छन् । 

मंगलबार  प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्ताे बताएका हुन्  । प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु बढाउने दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाई थियो । उनले दुइ ठूला दलको सत्ता बन्धनको धरातल पनि कमजोर रहेको जिकिर गरे  । 

सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्ण दिन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे  । 

प्रतिक्रिया