सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणमा तिब्रता दिनुपर्छः जनार्दन शर्मा

फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जाजरकोट लगायतका जिल्लाहरुमा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तिब्रता दिनेगरी आवश्यक जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सो माग गरेका हुन् ।  उपमहासचिव शर्माले पुनःनिर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । उनले रुकुम पश्चिमस्थित चौरहजारी टार सिंचाई आयोजना तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए धानबालीका लागि अति आवश्यक सो सिंचाई बाढी र पहिराले अवरुद्ध भएकाले त्यसलाई सरकारले तत्काल सुचारु गराउनुपर्ने उपमहासचिव शर्माको भनाई थियो । उनले बाढी र पहिरोले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने काममा पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गरे । 

उपमहासचिव शर्माले सरकारले बाढी, पहिरोले जोखिममा पारेका बस्तीका मानिसहरुको सुरक्षित स्थानमा सार्ने काममा ढिलाई गरेकोमा असन्तुष्टि समेत व्यक्त गरे । 

प्रतिक्रिया