पाँचथरमा राष्ट्रिय परिचयपत्र बितरणको लागि शिविर सञ्चालन
पाँचथर । राष्ट्रिय परिचयपत्र बितरणको लागि शिविर सञ्चालन हुन थालेपछि पाँचथरका नागरिकमा उत्साह देखिएको छ ।
कुम्मायक गाउँपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्त र अपाङगता भएका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । सामाजिक शुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र चाहिने भएपछि तीन दिने शिविर सञ्चालन गरी गाउँपालिकाबासीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । सदरमुकाममा पाउने सेवा गाउँमै पाएको भन्दै जेष्ठ नागरिक उत्साहित भएका छन् ।
स्थानीय तहको समन्वयमा जिल्ला प्रशासान कार्यालय पाँचथरले बिभिन्न स्थानीय तहमा शिविर सञ्चालन गर्दै आएको छ । जेष्ठ, असक्त र अपाङ्गता भएका नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले सबै स्थानीय तहमा शिविर सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिलो पटक जिल्लाको याङवरक गाउँपालिकापछि कुम्मायक गाउँपालिकामा शिविर सञ्चालन गरेको छ । भदौ १० र ११ गते तुम्बेवा गाउँपालिकामा शिविर आयोजना गरिएको छ । भदौ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको शिविरमा ६ सय ६२ नागरिकले सेवा लिएका थिए । जसमा परिचयपत्र ३ सय ३ जनाको वितरण भएको छ भने् ३ सय ५९ जनाको दर्ता विवरण संकलन भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया