विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको सुनुवाई भदौ १४ बाट हुने

काठमाडौं । विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।


मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो । 

भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ । 

समितिको मंगलबारको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोलि समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ । 

प्रतिक्रिया