अमेरिकी पप गायिका मारिया केरीले एकै दिन आमा र दिदी गुमाइन

एजेन्सी । अमेरिकन पप आइकन मारिया केरीले आफ्नी आमा र दिदी दुवैको एकै दिन मृत्यु भएको पुष्टि गरेकी छिन् ।
दुबै जनाको गत हपता मृत्य् भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । मारियाकी ८७ वर्षीया आमा पेट्रिसिया र ६३ वर्षीया दिदी एलिसन दुवैको मृत्यु भएको उनले पुष्टिगरेकी छिन् । उनले गत हप्ता आफूले आमा गुमाएकोमा  हृदय टुटेको र छिया छिया भएको बताएकी छिन । त्यसैगरी एउटा दुःखमाथि अर्काे दुःख थपिएको भन्दै जुन दिन आमाको मृत्यु भएको थियो त्यही दिन दिदी पनि गुमाएको मारियाले उल्लेख गरेकी छिन् ।उनले आफ्नी आमासँग बिताएका पलहरुको स्मरण गर्दै अन्तिम समयसम्म पनि आमासँगै रहेको बताएकी छिन्।

उनीहरूको मृत्युको कारण भने खुल्न सकेको छैन । मारियाले आफ्नी आमाकै कारण आफ्नो प्रतिभा बाहिर ल्याउन पाएको भन्दै जीवनभर आमा बिना जटिल हुने बताएकी छिन्।

प्रतिक्रिया