चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छः मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताए । 


मंगलबार काठमाडौंमा ‘नेपाली चियाका चुनौति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक भएकाले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताए । उनले उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया विक्री गर्न चिया उद्योगी बाध्य हुने गुनासो आएको बताए । 

मन्त्री अधिकारीले नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको बताए । नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाए । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उनले बताए । उनले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहेको बताए । 

मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवद्र्धन गर्न सक्नुपर्ने बताए । चिया नीति २०५७ को समय सापेक्ष संशोधन गर्दै चियाको ब्राण्डिङ र प्रमोसनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धा व्यक्त गरे । 

प्रतिक्रिया