मलाई निस्कासन गर्ने अधिकार रवि लामिछाने क्लबलाई छैन: मुकुल ढकाल

काठमाडौं । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेपछि ढकालले सामाजिक सञ्जालमा निस्कासन गर्ने अधिकार क्लबलाई नभएको पनि बताएका छन् ।   ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । 

नैतिकरूपले रवि लामिछाने पतित पात्र भएको भन्दै ढकालले नैतिकताको आधारमा रविले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् । 

प्रतिक्रिया