अष्ट्रेलियाले सन् २०२५ मा आधा भन्दा बढी विदेशी बिद्यार्थी कटौती गर्ने

एजेन्सी । अस्ट्रेलियाले नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या कटौती गर्न त्यहाँको उपभोक्ता सम्बन्धी कानून  (क्याप) लागू गर्ने भएको छ । 

अस्ट्रेलिया अध्ययनका लागि बिद्यार्थीहरुको चाप बढ्न थालेपछि उसले क्यापको प्रयोग गरेर बिद्यार्थीहरु रोक्ने गरी  उपाय अघि सारेको बीबीसीले जनाएको छ ।

अष्ट्रेलिया विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी बजारमध्ये एक हो । अष्ट्रेलियामा अध्ययनका लागि सन् २०२४ मा ७ लाख १७ हजार बिद्यार्थी त्यहाँका कलेजमा भर्ना भएका थिए । तर उसले क्याप मार्फत सन् २०२५ का लागि नयाँ भर्नाको संख्या २ लाख ७० हजारमा सीमित गर्न लागेको जनाइएको छ । 

यसको सबैभन्दा सबैभन्दा ठूलो कटौती व्यावसायिक शिक्षा र प्रशिक्षण प्रदायकहरूले बेहोर्नेछन्। सरकारले मंगलबार क्याप कानून लागू गर्ने घोषणा गरेपछि त्यहाँका शैक्षिक उद्योगहरु भने क्रुद्ध भएका छन् । केही विश्वविद्यालयहरूले यसलाई “आर्थिक बर्बरता“ भनेका छन् । अस्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई स्वदेश पठाउँदा र सीमामा कडा नियन्त्रण लागू गर्दा उच्च शिक्षामा ठूलो असर परेको स्वीकार गरेका छन् ।

विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या कोभिड–१९ अघिको तुलनामा अहिले १० प्रतिशत बढी छ भने निजी व्यावसायिक तथा प्रशिक्षण प्रदायकहरूको संख्या ५० प्रतिशतले बढेको छ।शिक्षामन्त्री क्लेयरले भने, “ मानिसहरू छिटो पैसा कमाउन यस उद्योगको दोहन गर्न खोजिरहेका छन्।

सरकारले यसअघि पनि केही सेवा प्रदायकलाई ’अनैतिक’ व्यवहार गरेको आरोप लगाउँदै आएको छ, जसमा सफल हुनका लागि भाषा सीप नभएका विद्यार्थीलाई भर्ना गर्ने, शिक्षा वा तालिमको गुणस्तर कमजोर भएको र अध्ययनको साटो काम गर्न चाहनेलाई भर्ना गर्ने जस्ता आरोप लगाइएको छ । अष्ट्रलिया सरकारले शिक्षामा सुधार गर्दै अझ राम्रो,दिगो र निष्पक्षता स्थापित गर्न अगाडि बढिरहेको जनाएको छ । नेपाल लगायत बिभिन्न देशबाट अष्ट्रेलिया अध्ययन गर्न जानेहरुको संख्या निकै ठूलो छ

प्रतिक्रिया