नाडा अटो सो आजवाट सुरु

काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सोह्रौं संस्करणको ‘नाडा अटो सो आजवाट सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज काठमाडौंको भुकुटीमण्डलपमा प्रदर्शनीको शुभारम्भ गरेका हुन । अटो सो भदौ १६ सम्म सञ्चालन हुनेछ ।  प्रदर्शनीमा  १६ वटा चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्न लागेका छन । प्रदर्शनीमा २३ वटा चारपांग्रे ब्रान्डले नेपालको सडकमा नकुदेका र नदेखिएका नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेका हुन । सोमा टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका हुनरु। सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको प्रदर्शनी हुनेछन । यसपालिको नाडा अटो सोमा सबैभन्दा धेरै विद्युतीय गाडीको प्रदर्शनी हुने बताइएको छरु। चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहनेछन । नाडा अटो सोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन । यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहने आयोजकको भनाइ छ । प्रदर्शनीको विशेषतामा नेपालमै उत्पादित टायर, ब्याट्री र लुब्रिकेन्ट्सबारे जानकारी लिन सकिन्छरु। योसँगै नेपालमै एसेम्बल गरिएका दुईपांग्रे सवारीसाधन पनि प्रदर्शन हुनेछनरु। प्रदर्शनीमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछनरु। टाटा ईभी प्रस्तुत नाडा अटो सो–२०२४ ले ६ दिनमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा छ ।। 

प्रतिक्रिया