ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गर्ने

एजेन्सी । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्दैछन् । 

परराष्ट्रमन्त्री राणाको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार आइपुगेका हमादले मंगलबार राजनीति भेटाघाट गर्न लागेका हुन् । होटल सोल्टीमा दुई देशका मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ । 

भेटमा नेपाल र ओमानबीच श्रम सम्झौताका बारेमा पनि छलफल हुने बताइएको छ । विदेशमन्त्री हामदले प्रधानमन्त्री ओलीसँग दिउँसो एक बजे शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल अपरान्ह तीन बजे शिष्टाचार भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनी मंगलबार साँझै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया