कोशी प्रदेशमा आज प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

koshiprovince

कोशी प्रदेशसभाको बैठक आज दिउसो बस्दै छ । दिउसो एक बजे हुने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०÷०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन आज नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन । प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने संविधानको व्यवस्थाअनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा बैठकमा प्रदेश प्रमुखलाई सम्बोधनको कार्यसूची नमिलाइएको अवस्थामा अध्यादेशबाट बजेट ल्याउन जटिल हुने देखेर प्रदेश सरकारले आजको बैठकपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेका हुन । प्रदेश सरकार अल्पमतमा परिसकेको र असार १ गते बजेट ल्याउनै पर्ने भएकाले अध्यादेशको विकल्प नभएको एमालेको भनाइ छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रले अल्पमतमा परिसकेको प्रदेश सरकारले संवैधानिक व्यवस्थाविपरीत अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने बताउदै आएका छन । मुख्यमन्त्री कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट ल्याए पनि असार १५ गतेसम्ममा नै प्रदेशसभाबाट अस्विकृत हुने अवस्था छ । उनले असार १५ गतेभित्र प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेर विश्वासको मतका लागि प्रस्ताव राख्नै पर्ने बाध्यात्मक अवस्था छ ।

प्रतिक्रिया