पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपति पौडेल सहभागी हुने

पाल्पा । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा मंगलबार निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलसमेत सहभागी हुँदैछन् । 

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजाआराधना गर्ने कार्यक्रम तय भएको छ । दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।

त्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको हो । कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । 

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ । 

प्रतिक्रिया