देउवाले आज पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीद्वसँग छलफल गर्दैछन् । बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग महासमितिका प्रस्तावसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन् । 

गत महाधिवेशनबाट पारित भए पनि केन्द्रीय समितिले संशोधनसहित पास गर्ने भनिएको महामन्त्रीद्वयको सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमा विवाद भएपछि सहमति प्रयासका लागि छलफल हुन लागेको हो । 

लामो समय केन्द्रीय समिति बैठक बसे पनि १४ औं महाधिवेशनको विषय, चुनावी गठबन्धन र नेताहरूको बर्हिगमनको लागि १,२, ३ र ४ पटकको कार्यकाल तोक्नुपर्ने विषय आएपछि विवाद हुँदै आएको छ । केन्द्रीय समितिको बैठकपूर्व सभापतिले यी विषयमा सहमति जुटाउन उनीहरूसँग छलफल गर्न लागेका हुन् । 

केन्द्रीय समितिको बैठक बुधबारको लागि बोलाइएको छ ।

प्रतिक्रिया