आज प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरूले प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ । बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि छ । यस्तै, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन् । सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया