पाकिस्तानमा गाडीबाट ओरालेर गोली हानी ३९ जनाको हत्या

एजेन्सी । पाकिस्तानमा सशस्त्र विद्रोही समूहले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले ३९ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान आक्रमण भएको हो । सशस्त्र समूहले परिचयपत्र जाँच्दै पञ्जाब प्रान्तका मानिसहरूलाई छानीछानी गोली हानेको र गाडीमा आगो लगाइदिएको अधिकारीहरूले बताएका छन्  । 

पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा सशस्त्र समूहले २२ वटा गाडीलाई रोकेको बताइएको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यो घटनालाई आतङ्कवादी आक्रमणको सङ्ज्ञा दिँदै निन्दा गरेका छन् । 

प्रतिक्रिया