रुसद्वारा युक्रेनी राजधानी किभसहित दर्जनौं शहरमा आक्रमण

एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित कैयौं शहरमा आक्रमण गरेको छ । क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा ३ जनाको मृत्यु भएको छ । 

रुसले युक्रेनी राजधानी किएभसँगै १५ क्षेत्रका दर्जनौं शहरमा आक्रमण गरेको हो । तीमध्ये कतिपय शहरमा विद्युत् तथा पानी आपूर्ति बन्द भएको जनाइएको छ । रुसी ड्रोनहरूले खासगरी युक्रेनी ऊर्जा संरचनालाई निसाना बनाएको बताइएको छ । रुसले युक्रेन वरपरका भिनित्सिया, पोल्ताभा र माइकोलेइम क्षेत्रबाट आक्रमण गरिरहेका युक्रेनी हवाई सेनाले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य शहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको छ । 

युक्रेनको पश्चिमी शहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको जानकारी दिए ।  मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताए । 

साथै, जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया